न्यायालय भित्र हुने भ्रष्टाचार सहितका विकृती, बेथिति रोक्नुपर्ने माग

कञ्चनपुर- न्यायालय भित्र हुने भ्रष्टाचार सहितका विकृती, बेथिति रोक्नुपर्ने माग अघि सारेर बार एशोसिएशनले जनजागरण कार्यक्रम गरेको छ ।

कञ्चनपुरमा पनि उच्च र जिल्ला अदालत बार एशोसिएशनले न्यायालय भित्र हुने भ्रष्टाचार सहितका विकृती, बेथिति रोक्नुपर्ने माग अघि सारेर बार एशोसिएशनले जनजागरण कार्यक्रम गरेको हो । उच्च अदालत बार एशोसिएशनका अध्यक्ष यज्ञराज जोशीले समग्र न्यायालय भित्र रहेका भ्रष्टाचार, विकृती, बिसङगती अन्त्यको माग अघि सारेर कञ्चनपुर जिल्ला र उच्च अदालत अगाडी दवावमुलक जनजागरण कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा उच्च बारका अध्यक्ष यज्ञराज जोशी, जिल्ला बारका अध्यक्ष कृष्णदेव जोशी सहितका कानुन व्यवसायीले ब्यानर, प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । आइतबारदेखि शुरु गरिएको प्रर्दशन मंगलबार पनि गरेका छन ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.