कञ्चनपुर, १५ बैशाख- कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.९ ले हेन्ड पम्प सहित पाईप वितरण गरेको छ । शुक्रबार बेदकोट नगरपालिका ९ नं. वडा कार्यालयले दलित तथा बिपन्न परिवार एवम् शिविरमा बस्दै आएका ब्याक्तिहरुलाई ११ थान हेन्ड पम्प सहित पाईप वितरण गरिएको हो ।
उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष जनक बिष्ट, कार्यपालिका सदस्य पार्वती बिष्ट लगायत वडा समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
