ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर छोराको मृत्यु, आमा बुबा घाइते

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिका(४ साँघुमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएका छन् । घाइते दुवै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.