गरिब तथा विपन्न समुदायका महिलाहरूका लागी मुडा बनाउने तालिमको उद्घाटन

अत्तरिया, १३ बैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेका गरिब तथा विपन्न समुदायिका महिलाहरुलाई २० दिने बेत वाँस सामाग्री मुडा बनाउने तालिमको उद्घाटन गरिएको छ ।

Navadurga sun

उक्त मुडा बनाउने तालिमको उद्घाटन सत्रमा सामुदायिक महिला तथा बालबालिका विकास केन्द्र नेपालका उपाध्यक्ष पुनम शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशी रहेकी थिइन् ।

उक्त २० दिने तालिम सामुदायिक महिला तथा बालबालिका विकास केन्द्र नेपालको आयोजना र बेदकोट नगरपालिकाको सहयोगमा तालिम संचालन हुन लागेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...