अत्तरिया- चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएको खुसीयालीमा कैलालीको अत्तरियामा धन्यवाद ज्ञापन तथा विजयी र्याली निकालिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिले धन्यवाद ज्ञापन तथा विजयी र्याली निकालेको हो ।
समितिले चितवन र तनहुँमा रास्वपाका उम्मेदवारहरुलाई सहयोग र सर्मथन गर्ने मतदाताप्रति आभार व्यत्त गर्दै धन्यवाद दिएको छ । वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ बाट रास्पाका सभापति रवि लामीछाने र तनहुँ १ बाट स्वणर्ीम वाग्ले भारी मतान्तरकासाथ विजयी भएका थिए ।
