पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

Dadeldhura hospital

त्यस्तै बिहीबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भ-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

 

Loading...