कैलाली र कञ्चनपुरबाट लागु औषधसहित ९ जना पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागु औषधसहित ९ जना प्रहरी फन्दामा परेका छन्। कैलालीको गोदावरी नगरपालिका–१ मनहराबाट लागूऔषधसहित चन्दु महता र गोदावरी–५ गेटाका मदन चन्दसहित चार जना पक्राउ परेका छन्। महताबाट ८० मिलिग्राम र चन्दसहितका चार जनाबाट थप ६० मिलिग्राम लागुऔषध फेला परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै गोदावरी नगरपालिका–२ बसपार्कबाट करिब २ सय १० मिलिग्राम लागुऔषधसहित सोही स्थानका ३० वर्षीय राजेश पाललाई पनि प्रहरीले सोमबार राति पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प बजारबाट करिब ४ ग्राम ८० मिलिग्राम लागुऔषधसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

Navadurga sun

पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका–१ लक्ष्मीटोलका २३ वर्षीय पदम भट्ट र भीमदत्त नगरपालिका–४ भगतपुरका ३३ वर्षीय सुरेन्द्र थापा रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००३ प ६१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

त्यस्तै भीमदत्त नगरपालिका–७ हल्दुखालका २८ वर्षीय हरिश भट्ट पनि लागुऔषधसहित पक्राउ परेका छन्। करिब ५६ मिलिग्राम लागुऔषधसहित भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...