कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार शुक्लाफाँटा नगरपालिका –५ स्थित गर्जमनीमा डिसहोमको फाइबर नेट विस्तार गर्ने क्रममा करेन्ट लागेर सिन्धुलीको तीनपाटन गाउँपालिका–४ का २४ वर्षीय सन्तोष कपाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएर बेहोस भएका उनलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको थियो।

Navadurga sun

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जनाकारी दिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...