कञ्चनपुर– मलामी गएका कञ्चनपुरका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । शुक्लाफाँटा नगरपालिका-५ का १८ वर्षीय दीपेन्द्र हमाल भीमदत्त नगरपालिका-११ भुजेलाघाट स्थित नदीमा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई देवसिंह बुडालले जानकारी दिए ।
आज (आइतबार) दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन । सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बम नेतृत्वको गोताखोर टोली खोजीमा जुटेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली पनि खोजीमा लागेको छ ।

