


कञ्चनपुर- कञ्चनपुरमा डेढ लाख बढी मुल्यका अवैध सामान बरामद गरिएको छ । शनिवार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छलीका सामान बरामद गरेको हो ।


कृष्णपुर नगरपालिका-५ बाट बिडी, चप्पल, सलाई, पिठो गरेर एक लाख ५६ हजार मुल्य बराबरका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेका ती सामग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डा चौकी पठाएको प्रहरीले जनाएको छ ।

