गोदावरीमा कार र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

अत्तरिया- पर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको गोदावरी नगरपालिका-९ बल्मीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । शनिबार दिँउसो ३ बजेको समयमा पश्चिम बाट जाँदै गरेको बा १६ प ९६०३ नम्बरको कार र पुर्वबाट आँउदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४२३४ नम्बरको माटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

Dadeldhura hospital

मोटरसाइकलमा सवार गोदावरी नगरपालीका वडा नम्बर ८ का १९ वर्षीय दिलीप बोगटी,१८ वर्षीय सागर वि क र १७ वर्षीय अनील धामी घाइते भएका सुदूरपश्चि प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

घाइते बोगटी र वि क को पदमा अस्पतालमा उपचार भईरहेको र गम्भीर घाइते धामीलाई थप उपचारकालागी धनगढी रेफर गरीएको प्रहरीले जनाएको छ । कार चालक धनगढी उपमहानगरपालीका ५ का ३८ वर्षीय प्रकाश फुलारालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Loading...