



धनगढी– कैलालीको लम्कीमा आगलागीबाट नौ लाखको क्षति भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ५ राजीपुरका मारु तिमिल्सेनाको घरमा आगलागी हुँदा नौ लाखको क्षति भएको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ७५ वर्षीय तिमिल्सेनाको १२ बोरा धान, १२ कुण्डल गहुँ, सुन, काठ, लत्ताकपडा लगायतका सामान जलेका हुन् । उनको नौ लाख बराबरको धनमाल नष्ट भएको हो ।





