कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक डेरीमा आगलागी

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक डेरीमा आगलागी भएको छ । भीमदत्त नगरपालिका-४ क्याम्पस रोडमा रहेको पाठक डेरीको तेस्रो तल्लामा सोमबार बिहान आगलागी भएको हो ।

पूजा कोठामा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश डाँगीले बताए। स्थानीय, छिमेकी र प्रहरीसँगै भीमदत्त नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागी भएको छोटो समयमै आगो नियन्त्रणमा लिइएकाले धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Loading...