गोदावरी-५ को वडा कार्यालयमा तालाबन्दी

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । गोदावरी वडा नम्बर ५ को वडा कार्यालय पछाडी रहेको गेटा ट्राफिक चोकदेखि गेटी-श्रीपुर आखाँ अस्पतालसम्म सडक विस्तार गर्नुपर्ने माग गर्दै स्थानीयले गोदावरी नगरपालिका-५ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । सडक विस्तार नहुँदा नहुँदा वर्षेनि विविध समस्याको सामना गर्नु परिरहेको स्थानीयको गुनासो छ ।

५ नम्बर वडाका स्थानीयले सडक निर्माण गर्न ठेकेदारलाई असहज भइरहेकाले निर्माण कम्पनीलाई सहजता मिलाईदिन समेत आग्रह गरेका छन् । स्थानीयको समस्यालाई ध्यानमा राखि निर्माण कार्य अघि बढाउन वडा कार्यालयलाई आग्रह समेत गरिएको छ ।

Loading...