बाघको निगरानी गर्न तीन स्थानमा स्वचालित क्यामेरा जडान

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् । पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीनवटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले बताए ।

Dadeldhura hospital

उनका अनुसार पुनर्वास नगरपालिका-११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका-३ को सामुदायिक वन क्षेत्र र बेलौरी-२ को थापाचोक नजिक स्वाचालित क्यामेरा जडान गरिएको छ । यी क्षेत्रमा केही दिनअघि गाउँ नजिकै बाघ देखिएको थियो ।

Navadurga sun
Godawari sandesh

चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास-१० मदनटोलकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।

पनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँबस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीय त्रसित छन् । उनीहरु त्रासले रातभर जाग्राम बस्न बाध्य छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताए । अहिले पर्याप्त मात्रामा क्यामेरा नहुँदा बाघ देखिएको क्षेत्रमा मात्रै तीन क्यामेरा जडान गरिएको छ ।

Loading...