दार्चुलामा १० जुवाडे पक्राउ

दार्चुला- दार्चुलामा १० जना जुवाडे पक्राउ परेका छन् । जिल्ला सदरमुकामको एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा शुक्रबार १० जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

महाकाली नगरपालिका-४ बांगाबगडस्थित गणेशसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका देवसिंह कार्की, गणेशसिंह धामी, दिलिपसिंह धामी, कमलसिंह धामी, मोहनसिंह कार्की र कमलसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बिशेष सूचनाका आधारमा साँझ करिब ५ बजेतिर बुढाथोकीको घरमा पुग्दा नगद ४३ हजार ५ सय ६८ रुपैयाँ सहित १० जनालाई पक्राउ गरिएको हो ।

Loading...