

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका—३ धौंकुचेकी एक वृद्धाको जिपको ठक्करले मृत्यु भएको छ । धौंकुचीकी ७५ वर्षीया गौरा नाथको जिपको ठक्करले मृत्यु भएको हो ।



सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले नाथलाई गोकुलेश्वर-गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा ठक्कर दिएको थियो । सडकमा हिँडिरहेका बेला बुधबार अपराह्न ४ बजे ठक्कर दिएको र नाथको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


डिलाशैनी गाउँपालिका-१ का जिप चालक रोशन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोली घटनास्थलमा छ ।





