सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल

अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले छनौट प्रकृयामा कुनै दबाब र प्रभावमा नपर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराए

धनगढी- सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ । प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपुर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो ।

६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो । सबै पदहरुमा एक हजार ८३ जनाले आवेदन दिएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७९ अनुसार माग गरिएका कर्मचारी पदपुर्ति गर्नुपर्ने भएपनि आर्थिक र राजनीतिक चलखेल व्यापक भइरहेको कुरा सार्वजनिक भएको छ ।

Dadeldhura hospital

अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले समेत चिकित्सक र स्वास्थ्यकर्मीं छनौटमा कुनै दबाब र प्रभावमा नपर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउदै कर्मचारी पदपुर्तिमा कसैको दबाब र प्रभावमा परेर क्षमतावान, अनुभव र दक्ष कर्मचारी अवसर नपाउने हुन भन्ने चिन्ता सिर्जना भएको बताएका छन् ।

उनले पदपुर्ति गदा ऐन, नियम, कानून तथा मापदण्डअनुसार पदपुर्ति गर्नुपर्ने भन्दै स्वास्थ्य सेवा संवेदनशिल भएका हुँदा सबै नागरिकलाई अनुभूती हुनेगरी प्रचलित संविधानको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।

व्यवस्थापन समितिमा कुनै न कुनै राजनीतिक दलसँग आस्था र विचार राख्ने व्यत्ति भएपनि अस्पतालको विकासका लागि दलगत वा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Loading...