उदय सरस्वती बहुमुखी क्याम्पसको सभापतिमा विष्ट विजयी

 

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित उदय सरस्वती बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुकी लक्ष्मी विष्ट विजयी भएकी छिन्। अखिल क्रान्तिकारीकी मनीषा थापालाई हराउँदै विष्ट सभापतिमा निर्वाचित भएकी हुन्।

विष्टले २८ मत पाउँदा थापाले २४ मत पाइन्। स्ववियुको सचिवमा नेविसंघका धर्मराज भट्ट ३१ मत लाउँदै निर्वाचित भए। उनका प्रतिस्पर्धी अनेरास्ववियुका रोशन कार्कीले २१ मत ल्याए। कोषाध्यक्षमा नेवि संघकै दीपिका कुमारी सिंह निर्वाचित भएकी छन्। उनले ३० मत पाउँदा प्रतिस्पर्धी अनेरास्ववियुकी सरस्वती कलौनीले २१ मत पाएकी छन्।

Navadurga sun

यस्तै प्रत्यक्ष सदस्यमा नेवि संघका उर्मिला जोशी २९, अखिल क्रान्तिकारीका दीपिका चौधरी २८ र पवन भट्ट २८ मत ल्याउँदै निर्वाचित भएका छन्। समानुपातिकतर्फ अनेरास्ववियुले २२, नेवि संघले १८ र अखिल क्रान्तिकारीले ११ मत पाएको छ। यहाँ एमाले निकट अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धन थियो भने अर्कातिर नेवि संघ र अखिल क्रान्तिकारीले तालमेल गरेका थिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...