दोधरा चाँदनी जोड्ने ४ लेन पुल २० दिनका लागि बन्द

कञ्चनपुर- कञ्चनपुरमा निर्माणधिन दोधरा–चाँदनी जोड्ने ४ लेनको पुल २० दिनका लागि बन्द गरिने भएको छ । निर्माणाधिन अवस्थामा रहेको पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्न २० दिनका लागि पुलमा आवतजावत बन्द गर्न लागिएको हो । दोधरा चाँदनी नगरपालिकाका नि.प्रमुख प्रसाशकीय अधिकृत भानदेव भट्टद्धारा जारी सूचनामा उक्त समयमा सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको छ ।

निर्माणाधिन अवस्थामा रहेपछि उक्त पुल हाल दोधारा चाँदनी बासिले प्रयोग गर्दै आएका थिए । उक्त पुल कुमार सीइएफसी जेभीले निर्माण गरिरहेको छ । हाल दोधरा चाँदनीलाई जोड्न २०६१ सालमा बनेको झुलुङ्गे पुल मात्रै वैकल्पिक बाटोको रुपमा रहेको छ ।

Navadurga sun

त्यसअघि सडक मार्ग भएर दोधरा चादनी जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । ४ लेन पुल निर्माण भएपछि भने हाल दोधरा चाँदनी बासिलाई आवतजावत गर्न सहज भएको छ । दोधरा चाँदनी ४ लेन पुलको निर्माण काम २०७४ सालदेखि सुरु गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...