छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी

कञ्चनपुर- उपभोक्ताबाट चर्को ब्याज असुलेको आरोप लगाउँदै नेकपा ९बहुमत०का कार्यकर्ताले मंगलवार शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन्।

बहुमतका नगर इन्चार्ज बहादु सिंह महरा (सन्दर्भ) का अनुसार वित्तीय संस्थाले महिलाहरूलाई ऋण प्रवाह गर्दा सास्ती दिने र भेदभाव गर्ने गुनासो, किस्ता अनुसाल गर्ने क्रममा सेवाग्राहीलाई जबरजस्ती र दुर्व्यवहार गर्ने गरेका कारण तालाबन्दी गरिएको छ।

Navadurga sun

विभिन्न स्किमको प्रलोभन देखाएर सेवाग्राहीलाई ठगी गरेको, उपभोक्ताको बचत बुक जफत गरेर संस्थामा राख्ने गरेको, सेवाशुल्क, बीमा फाइलिङका नाममा गैरकानुनी तरिकाले रकम असुल्ने गरेको जनगुनासो आएपछि तालाबन्दी गरेको उनको भनाइ छ।

संस्थामा काम गर्ने कर्मचारीलाई न्यून तलबमा काम लगाई श्रम शोषण गर्ने गरेको उनले बताए। नगरपालिकामा मिटर ब्याज लिनेहरूलाई नियमन गर्नका लागि ज्ञापनपत्र समेत बुझाइएको छ।

यसैगरी बहुमतका कार्यकर्ताले तीन दिनअघि वेदकोट नगरपालिकास्थित नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडमा समेत तालाबन्दी गरेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...