विवादले रोकियो सडक निर्माण

बाजुरा- बाजुराको साँफे–मार्तडी सडकअन्तर्गत पर्ने बल्दे–अम्कोट वैकल्पिक सडक निर्माणको काम रोकिएको छ। बूढीगङ्गा नगरपालिका–२ को कन्सर्न बाजुरादेखि अम्कोटद्वारीसम्मको झन्डै तीन किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो।

सडक डिभिजन कार्यालय अछामले २०७९ भदौको पहिलो साताबाट नै वैकल्पिक निर्माणको काम सुरु गरिएको भए पनि अहिले अम्कोटका स्थानीयवासीले विवाद सुरु गरेपछि निर्माण रोकिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

सडक डिभिजन कार्यालय अछाममा दिवस बस्नेतले सडक डिभिजन कार्यालय अछाम, जिल्ला प्रशासन कार्यालय बाजुरा, बूढीगङ्गा र बडीमालिका नगरपालिका स्थानीय सरकार र अम्कोटवासीको सहमतिमा बल्दे–अम्कोट वैकल्पिक सडक निर्माण सुरु गरिएको बताए ।

उनले बर्खाको समय साँफे–मार्तडी सडकअन्तर्गत पर्ने अम्कोटद्वारी सडकमा पहिरो गएर सडक अस्तव्यस्त हुने गरेकाले स्थानीयको सहमतिबाट सो वैकल्पिक सडक निर्माण सुरु गरिएको बताए ।

सडक डिभिजन कार्यालय अछामले एक्साभेटरमार्फत झन्डै एक किलोमिटर सडक निर्माण गरिएको भए पनि पछि अम्कोटका स्थानीयवासीले विवाद गरेपछि काम रोकिएको बस्नेतले बताए ।

यता अम्कोटका स्थानीयवासीले भने अम्कोट गाउँको तल र माथि दुवैतिरबाट सडक खन्दै गएको र त्यसैकै कारण पहिरो लाग्ने गरेकोले बस्ती व्यवस्थापन नगर्दासम्म गाउँबाट सडक लान नदिने बताएका छन्।

Dadeldhura hospital

बूढीगङ्गा नगरपालिका–१, अम्कोटका लक्षीराम पाध्यायले यहाँका स्थानीय र सरोकारवालाबीच पहिला यो बस्ती पूरै अन्य ठाउँमा व्यवस्थापन गर्ने भनेर गाउँबाट सडक लिने गरेर सहमति भएको तर अहिलेसम्म बस्ती व्यवस्थापन नभएकाले सडक निर्माणको काम रोकिएको बताए ।

उनले जबसम्म अम्कोटका १०६ घरपरिवारको बस्ती व्यवस्थापन हुँदैन तबसम्म यो वैकल्पिक मार्ग निर्माणको काम रोकिने बताए ।

यसअघि अम्कोट–बल्दे र द्वारी सडकमा पहिरोले भत्किएपछि सडक डिभिजन कार्यालय अछामले प्रत्येक वर्षमा गाउँको तल र माथि अस्थायी रूपमा सडक निर्माण गर्दै सवारीसाधान सञ्चालन गर्दै आएको छ।

सडक डिभिजनले यसरी प्रत्येक वर्षमा तलबाट सडक भत्किँदै जाने र सवारीसाधन सञ्चालन गर्न माथिबाट सडक निर्माण गर्दै जाँदा अहिले अम्कोटको गाउँमै पहिरो पुगेको पाध्यायले बताए ।

आर्थिक वर्ष २०७८/७९ मै अम्कोटको बस्ती व्यवस्थापनको कार्यक्रम सुरु गरेको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ।

बर्खाको समय साँफे–मार्तडीअन्तर्गत पर्ने अम्कोटद्वारी सडकमा पहिरोले अवरुद्ध हुने भएपछि सहजताका लागि बल्दे–अम्कोट वैकल्पिक मार्ग निर्माण गरेको बाजुराका प्रमुख पुष्कर खड्काले बताए । उनले अम्कोटका स्थानीयवासीलाई बस्ती व्यवस्थापन गर्नका लागि एक परिवारका लागि झन्डै पाँच लाख रुपियाँ घर निर्माण गर्न निकासा दिएको बताए ।

उनले घर निर्माणका लागि त्यहाँका स्थानीय पहिलो किस्ता ७५ हजार लिएको र प्राविधिकले दिएको स्टिमेटअनुसार घर निर्माण नगरेकाले दोस्रो किस्ताको रकम रोकिएको बताए । गोरखापत्रबाट

 

Loading...