बैतडीको एक पसलमा आगलागी

Dadeldhura hospital

बैतडी – बैतडीको एक पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालीका वडा नं. ७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्समा आगलागी भएको हो ।

शुक्रबार राति पौने नौ बजेतिर भएको आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ । विद्युत सट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...