घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

Dadeldhura hospital

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिका-८ पाखाटोलमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ। शुक्रबार साँझ सवा ५ बजे राम बहादुर मगरको दुई तले कच्ची घरमा आगलागी हुँदा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको हो।

विद्युत् सर्ट भएर आगलागी भएको डीएसपी राकेस पोदारले बताए। आगलागीबाट १० लाख बराबरको क्षति भएको छ। आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो।

 

Loading...