एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज ०.३ सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको नेपाल स्टिम एक्सो एण्ड च्यालेन्ज ०.३ शुक्रबार सम्पन्न भएको हो ।

Ganyapdhura gau

बिद्यालय व्यवस्थापन समितिका सदस्य हरिदत्त भट्टराईको सभाध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अथिति नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका प्रवक्ता रविन्द्र प्रसाद ढकाल रहेका थिए ।

Navadurga sun
Dadhaldhura pur

कार्यक्रममा बोल्दै प्रमुख अथिति ढकालले स्टिम शिक्षामा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स समावेश गरेर बिद्यार्थीरुहलाई हाल अध्यापन गराई रहेका छन । २००६ मा भएको मोमेन्टले आर्ट्स विषय अत्यावश्यक रहेको निष्कर्ष निकालेपछि साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्सलाई जोड्न आर्ट्स थप गरिएको उनले बताए । इन्टरनेटको विकास र आईसीटी प्रयोगसँगै स्टिम एजुकेसनको अवधारणा आएको उनले बताए ।

इन्टरनेटको विकाससँगै हिसाब गर्ने तरिका र साइन्सको प्रिजेन्टेसन गर्ने शैलीमा परिवर्तन गर्न यस स्टिम जस्ता कार्यक्रमले महत्वपूणर् भुमिका खेल्ने उनले बताए । नेपालमा २/४ वर्षदेखि मात्र यो शिक्षाको अध्ययन अध्यापन सुरु गरिएको उनले बताए । छोटो समयमा स्टिम एजुकेसनप्रति धेरै बिद्यार्थीहरुको चासो बढेको उनले बताए ।

विद्यालयका प्रिन्सिपल स्माईल चौधरीका अनुसार नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा कैलाली कञ्चनपुरका २० वटा विद्यालय सहभागि रहेका थिए । जसमा सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरुले भाग लिएर बिभिन्न विधाका पुरस्कार प्राप्त गरेको बताए । नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा ८/९ हजार विद्यार्थीले अवलोकन गरेको आँकलन समेत गरेको बताए । स्टीम कार्यक्रम सञ्चालनका लागि गोदावरी नगरपालिकाले आर्थिक सहायता गरेको समेत उनले बताए ।

नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स, फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहयोग गरेको आयोजक एभरेष्ट एकेडेमिका प्रिन्सिपल चौधरीले बताए । स्टीम कार्यक्रममा ११ विधामा पुरुकार प्रदान गरिएको र प्रत्येक विधाका लागी ३ हजार नगदका साथै प्रमाणपत्रहरु समेत प्रदान गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...