चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला

काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत्य फेला गरेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो।

Dadeldhura hospital

बुधबार निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । उक्त भाले गैडा अन्दाजी २० बर्ष उमेरको रहेको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रसासनको भनाइ छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यू हुने गैँडाको संख्या १३ वटा रेकर्ड गरिएको निकुञ्जले जनाएको छ।

 

Loading...