नेपाल शिक्षक संघ बेदकोट नगर कार्यसमिति अध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित

प्रकाश बहादुर बाेहरा
अत्तरिया- नेपाल शिक्षक संघ बेदकोट नगर कार्यसमितिको अध्यक्षमा कृष्ण सिंह भण्डारी निर्बिरोध निर्बाचित भएका छन् । नेपाल शिक्षक संघको दोस्रो बेदकोट नगर अधिवेशनबाट भण्डारीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । भण्डारी घटाल माध्यमिक विद्यालय सुडाका पूर्व प्रधानाध्याप समेत हुन् ।

Dadeldhura hospital

संघको उपाध्यक्षमा महिलातर्फ मञ्जु जोशी, उपाध्यक्ष खुलातर्फ हरि प्रसाद शर्मा, उचिव खुलातर्फ केशवराज पनेरु, सचवि अर्थतर्फ मोती सिंह खड्का, सह सचिव खुलातर्फ गजराज चटौत, सह सचिव महिलातर्फ मिना पाठक, सह सचिव अर्थतर्फ चन्द्रकान्त भट्ट, सह सचिव समावेशीतर्फ लक्ष्मण गिरी र नेत्र बहादुर थपा रहेका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै खुला सदस्यतर्फ तर्कराज पन्त, महेशराज भट्ट, शुसिला बोहरा, मिरा बोहरा र पवित्रा बम चुनिएका छन् ।

Loading...