

अत्तरिया- युवा अभिनेता प्रभात पाल ठकुरी र सरिता लामिछानेको मुख्य भुमिका रहेको “सरी मम“ चलचित्र पहिलो पटक सुदूपश्चिममा प्रदर्शन गरिएको छ । “से नो टु ड्रग्स“ अभियानका साथ बनाएको उक्त चलचित्र शनिबार एक जनचेतनात्मक कार्यक्रमको आयोजना गरी चलचित्र प्रदर्शन गरिएको हो । चलचित्र प्रदर्शन कार्यक्रमको आयोजना ब्यवस्थापनमा सहयोग सि वाई सी क्लव र पि एफ ए अत्तरियाले गरेको हो ।


चलचित्र प्रदर्शन गरिएको आयोजित कार्यक्रमका प्रमुख अतिथि दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. डम्बर वहादुर पाल रहनु भएको थियो ।


चलचित्र प्रदर्शन गरे पश्चात प्रमुख अतिथि डा. डम्बर बहादुर पालले हाम्रो यो सुदूरपश्चिम प्रदेश क्षेत्रबाट नेपाली सिनेमा जगतमा एकपछि अर्को गर्दै प्रमुख पात्रको रुपमा हाम्रो यस समाजले यस्ता होनहार पात्रहरूलाई अगाडि बढाउँदै गएको बताए ।
उनले आजको यो चलचित्र सुरुवाति करणबाट एउटा लागुऔषध विरुद्ध अभियानको सन्देशमुलक जनचेतनामुलक कथा विषयवस्तुमा आधारित भएको हुनाले नायक प्रभात पाल ठकुरी देखि लिएर सम्पूणर् टिमलाई सफलताको सुभकामना समेत व्यक्त गरेका छन् । साच्चिकै जल्दोबल्दो रूपमा रहेको नेपाली समाजमापनि र विषेश गरी गोदावरी नगरपालिका भित्र पनि यो लागुऔषध ड्रग्स सम्बन्धी समस्या रहेको उनले बताए ।

“युवासमाजलाई, परिवारलाई, आमाबाबुको सपनालाई साकार गर्नको लागि हामीले यस्ता विभिन्न किसिमको विकृतिबाट, कुलतबाट, खराब अस्रायबाट टाढा बस्नुनै पर्ने हुन्छ र यसको लागि समयमै सूचित पुर्याउनुहोस भन्नको लागि पनि आजको यस लागुऔषध विरूद्धको अभियान चलचित्र “सरी मम“ हामीले एकचोटि हेर्नैपर्ने” उनको भनाई रहेको छ ।
उनले यस चलचित्रलाई विभिन्न देश भरिका माध्यमिक विद्यालय तह र प्रदेश तहका शिक्षण संस्थाहरूमा पनि यस चलचित्रले दिन खोजेको संदेश पूणर् रूपमा प्रदर्शन गराउन आग्रह गरे । यसले गर्दा समाजमा घट्ने विभिन्न खालका घटनाहरू जोगाउन सकिने, समाज एकता गर्न सकिने, लागुऔषध ड्रग्स सम्वन्धी फसेका विभिन्न मोडमा पुग्ने व्यक्तिहरूको अबस्थालाई न्यूनीकरण गर्न सकिने उनको भनाई रहेको छ ।
मुख्य अभिनय रहेको नायक प्रभात पाल ठकुरीले चलचित्र प्रदर्शन पश्चात आज जुन निमन्त्रणा स्वीकार गरेर पाल्नुहुने तथा सहयोग गर्ने सम्पुणर्लाई धन्यवाद ज्ञापन गर्दै उनले चलचित्रमा युवाहरुलाई लागुऔषधबाट जोगाउनको लागि यसलाई निर्माण गरेर युवाहरुलाई देखाउन खोजेको उनले बताए । उनले विशेष गरी स्कूल तहका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै ड्रग्स विरुद्धको अभियानको रूपमा लिएर निर्देशन गरिएको यो चलचित्र हो र आज प्रदर्शन भए संगै लगतै यस क्षेत्रको विभिन्न विद्यालयहरुमा देखाइने बताए ।
उनले लागूऔषध दुव्र्यसन विरुद्धको कथामा तयार भएको यो चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्न अपेक्षा चलचित्रले राखेको बताए ।
उनले प्रदर्शन भएको यस ‘सरी मम’ चलचित्रलाई सह-परिवार सहित हेरिने र उत्प्रेरणा सहित सामाजिक जनचेतना का विषयमा निर्माण गरिएको चलचित्र रहेको बताए ।
त्यस्तै कार्यक्रमको विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं ८ का वडासदस्य हरी प्रसाद चौधरी रहेसंगै क्लब सदस्यहरु लगायत दर्शकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सिद्ध बोहराले गरेका थिए ।





