द ब्राइट फ्युचर इंग्लिस बोर्डिङ स्कुलको २५ औं रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर- जिल्लाको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको द ब्राइट फ्युचर इंग्लिस बोर्डिङ स्कुलको २५ औं रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद खरेलको सभापतित्व तथा सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रोफेसर डा. मुकुन्द कलौनीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर १५ का अध्यक्ष भुवन राज भट्ट, विद्यालय सञ्चालक समितिका अध्यक्ष विश्राम चन्द, एन् प्याब्सनका केन्द्रिय बरिष्ठ सल्लाहकार तथा आदर्श विद्या निकेतनका प्रधानाध्यापक डा. भोज राज पन्त, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर कुँवर, एन् प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा लिटिल बुद्ध एकेडेमीका प्रधानाध्यापक श्याम सिंह मौनी, घटाल मावि सुडाका पूर्व प्रधानाध्यापक नरेनद्र सिंह भण्डारी, माझगाँउ विमानस्थल पुनः सञ्चालन समितिका सचिव तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दको विशिष्ट आतिथ्य रहेको थियो ।

Navadurga sun

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिने समेत बताए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद खरेलले विद्यालयको स्तर उन्नतिका काममा सधैं तत्पर रहने प्रतिबद्धता समेत गरेका छन् । कार्यक्रममा विद्यालयको वृद्धि विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा विद्यालयले सञ्चालन गरेको आन्तरिक प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद खरेलले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक राजेन्द्र प्रसाद जोशी, एन् प्याब्सनका सुदूरपश्चिम प्रदेश सचिव बिर बहादुर चन्द, एन् प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशी, एन् प्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्ट, एन् प्याब्सन भीमदत्तका नगर अध्यक्ष दीपक चन्द, पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य दिनानाथ पाण्डेय, लक्ष्मी माविका प्रधानाध्यापक प्रकाश चन्द, अतिथि रहेको उक्त कार्यक्रम शुक्रवार द ब्राइट फ्युचर इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खरेलले बताए । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक यम बहादुर कुँवर र विद्यालयका शिक्षक केशव राज जोशीले गरेका हुन् । कार्यक्रममा विद्यार्थी तथा अभिभावकको भव्य उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...