कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला

कञ्चनपुर- कञ्चनपुरमा बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ। सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो।

दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए। ‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ,’ उनले भने, ‘यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ।’ यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ।

Navadurga sun

सेतो रंगको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी छ। सर्प विषालु प्रजातिको भने होइन। फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ।

स्थानीयबासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सब-डिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए।

सर्प विज्ञहरूका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ। यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ। यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...