चुरे युवा क्लबद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

अत्तरिया- चुरे युवा क्लबको आयोजना आयोजित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चुरे गाउँपालिका वडा न.०६ को बार्षिक कार्यक्रम अन्तरगतको सो कार्यक्रम वडा न.०६ भित्रका सम्पुणर् विद्यालय समाबेश गरि सम्पन्न भएको क्लबका अध्यक्ष गणेश नाथ योगिले जानकारी दिए ।

Dadeldhura hospital

पहिलो दिन २०७९ फागुन १७ श्री सिद्ध आबि गोगनपानी बिहान ११ बजे, श्री ग्वासी आबि कुमैना दिउँसो १ बजे गरेको थियो । भने आज श्री जनता माबी शान्तिनगरमा सम्पन्न भएको हो । क्लबका अध्यक्ष गणेश नाथ योगी सभाध्यक्षमा रहेको कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष प्रेम बहादुर साउद रहेका थिए ।

Navadurga sun
Godawari sandesh

बिशिस्ट अतिथीमा क्रमशः बयलागढि साबउस अध्यक्ष श्री लोक ब.सारु, जनता साब उस का अध्यक्ष हेम शाह, श्री भगवती माबी का प्र.अ भक्त ब ऐर, श्री जनता माबी प्र.अ शान्ति शाह, अतिथीहरुमा सन्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै जनचेतना मुलक कार्यक्रममा बालबिबाह, छाउकुडी, छुवाछूत, जाडरक्सी जस्ता नाटक कथाहरु प्रस्तुत गरिएको थियो । स्वागत मन्तव्य क्लबका सचीव हिरा बहादुर सार्किले गरेका थिए ।

Loading...