उबस संस्थाद्धारा एक दिने क्रिस्टल मालापोते बनाउने तालिम सम्पन्न

अत्तरिया– सुदूरपश्चिम प्रदेशको केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा रही आइरहेको यस श्री उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय अत्तरियाले एक दिने क्रिस्टल मालापोते बनाउने तालिम सम्पन्न गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

संस्थाले मंगलबार शाखा कार्यालय अत्तरियामा आबद्ध ५० जना शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरेको हो । अत्तरिया शाखाद्वारा आयोजित उक्त क्रिस्टल मालापोते बनाउने तालिम संस्थाको वार्षिक तालिका अनुसार कार्यक्रम अन्तर्गत भएको हुँदा महिला सदस्यहरूलाई उक्त तालिम प्रदान गरेको संस्था शाखा प्रमुख सुरेन्द्र ऐरले जानकारी दिए ।

Navadurga sun

अत्तरिया सेवा केन्द्रमा रहेका संस्थामा आबद्ध भएका महिला सदस्यहरुको ब्याबसायिक प्रबर्द्धनको लागि सहज पुगोस् तथा उक्त तालिममा महिलाहरुलाई आत्मनिर्भर बनाउन र रोजगारी मुलक सीप हासिल गर्न तालिम प्रदान गरिएको शाखा प्रमुख ऐरले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...