बेहुला बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते

रुपन्देही- रुपन्देहीको सैनामैनामा बेहुला बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाइन बिचको जङ्गलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा बिहीबार बिहान पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएको थियो।

Ganyapdhura gau
Dadhaldhura pur

दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया सुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ।

Navadurga sun

घाइते मध्ये कविताकुमारी थारुको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...