कञ्चनपुरमा २ लाख २८ हजार बढीको अबैध समान बरामद

कञ्चनपुर– कञ्चनपुरमा २ लाख २८ हजार बढीको अबैध समान प्रहरीले बरामद गरेको छ । आईतबार बिहान ३ बजे बिशेष सुराकीको आधारमा प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालीका १० काठेपुल नजिक अवैध रुपमा भन्सार छली गरी ल्याइएका वेवारीसे अबैध सामान बरामद गरेको हो ।

२ लाख २१ हजार ७८० मुल्यका अबैध सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरीका कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सार खलीका बिभिन्न किसिमका चप्पल,कपडा,हार्डवयरका समान,बाईरिङका समान, बिडी गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरिएको उक्त सर(समान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...