सत्यवती एकेडेमीले ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो, भोली (सोमबार) पनि बार्षिकोत्सव मनाउने

प्रकाशबहादुर बोहरा
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सत्यवती एकेडेमीले बार्षिकोत्सब तथा अभिभाबक दिवस मनाएको छ । आईतबार सत्यवती एकेडेमीले ११ औं बार्षिकोत्सब तथा अभिभाबक दिवस मनाएको हो ।

सत्यवती एकेडेमीले बार्षिकोउत्सवलाई दुई भागमा विभाजन गरी मनाएको छ । आइतबार ४ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई सहभागिता गराइएको थियो भने भोली (सोमबार) कक्षा नर्सरी देखि ३ कक्षा सम्मका विद्यार्थीहरुलाई सहभागि गारईने सत्यवती एकेडेमी कैलालीका संस्थापक विर बहादुर कडायतले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

एकेडेमीका अध्यक्ष तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस पूर्व संस्थापक क्याम्पस प्रमुख गिरी राज कडायतको सभापतित्वमा सुरु भएको वार्षिकोत्सवमा प्रतिनिधि सभा सदस्य विर बहादुर बलायर प्रमुख अतिथि रहनु भएको थियो ।

Dadeldhura hospital

सत्यवती एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी भव्यताका साथ वार्षिकउत्सब सम्पन्न गरेको हो । वार्षिकोउत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक मनमोहक प्रस्तुति समेत झल्काएका थिए ।

बिद्यालयले ११औं वार्षिकोउत्सवकोे अवसर मा १ हप्ता अघि देखि खेलाउदै आइरहेको खेलहरु फुटबल, भलीवल, टेबलटेनिस, कबड्डी, हाजिर जवाफ प्रतियोगिता लगायत विभिन्न इन्डोर-आउटडोर बिभिन्न विधामा विद्यालयमा अध्ययनरत खेलकुदमा सहभागी प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु तथा उत्कृष्ट विद्यार्थीहरुलाई समेत प्रमाणपत्र, मेडल, पुरस्कार वितरण गरेको थियो ।

विस २०६५ साल स्थापना भई ११० जना विद्यार्थीहरुबाट सञ्चालनमा आएको उक्त एकेडेमी नर्सरी कक्षा देखि १२ सम्म पठनपाठन भईरहेको छ । हाल यस एकेडेमी मा १७ सय जनाभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आईरहेका छन् ।

त्यस्तै उक्त बार्षिकोउत्सव कार्यक्रममा विभिन्न स्कुलमा प्रअ, बुद्धिजीवी भद्रभलादमीहरु, अभिभावकहरु, शिक्षक/शिक्षिका, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

Loading...