कञ्चनपुर- ज्ञान बाटिका बोडिङ सेकेण्डरी स्कुलको २६ औं बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.७ सुडामा रहेको स्कुलको बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रम गरी सम्पन्न गरेको हो ।



कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वकिल बहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहरा रहेका थिए ।


त्यस्तै विशिष्ट अतिथि पुर्व वेदकोट नगरपालिका उप-प्रमुख शुशिला सिंह, विभिन्न बिद्यालयका प्रधानाध्यापक, वडा सदस्य, बेदकोट नगरपालिकाका कर्मचारी प्रकाश कलौनी, शिक्षक/शिक्षिका, अभिभावकहरु, बिद्यार्थीहरु लगायतको सहभागी रहेको थियो ।





