मौसम सामान्यतया सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। अहिले प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Navadurga sun

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...