प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

कञ्चनपुर– भीमदत्त नगरपालिका-९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापक खडक सिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।

Dadeldhura hospital

उक्त विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्रा मनिका नाथलाई प्रधानाअध्यापक विष्टले कुटेपछि उनलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ । छात्रा बिष्टको टाउकोमा चोट लागेको छ ।
छात्राका बुवा पदमले भने- ‘छोरी विद्यालय गएकी थिई, घर आउँदा बेहोस भई । अस्पताल ल्याएका छौँ, टाउकोमा चोट लागेको छ ।’

godawari10 Mahila hinsa
Navadurga sun

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए । घटनाबारे विद्यार्थी संघ संगठन महिला अधिकारकर्मीले विरोध जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही माग समेत गरेका छन् ।

Loading...