जनयुद्ध दिवस मनाउदा प्रहरीले गिरप्तार गरेका सबै नेता रिहाइ भए

कञ्चनपुर- जनयुद्ध दिवस मनाउदा प्रहरी गिरप्तार गरेका नेकपा क्रान्तिकारी माओवादी ,नेकपा बहुमत, नेकपा विप्लवका नेता कार्यकर्ता रिहाइ भएका छन ।

सोमवार फागुन १ गते जनयुद्ध दिवस मनाउन महेनद्रनगर बजार पुगेका नेकपा बहुमत केन्द्रिय सल्लाकार डम्बर बहादुर बिष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज प्रेम सुवेदी, क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरि सुवेदी बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, बहादुर महरा, बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष्य बिरेन्द्र शाह, नेकपा बहुमत कञ्चनपुका संयोजक नक्साल कार्यालय सचिव दिपेन्द्र ऐरी बिध्याथी नेता सुरेन्द्र धानुक, कमल ऐरी, बिरेन्द्र नाथ, रमेश नाथ र नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम संयोजक पुष्कर जोशी पक्रउ परेका हुन ।

Navadurga sun

त्यस्तै नेकपा बिप्लव पार्टीका बिपि उपाध्य लगायत दर्जनै नेता पक्राउ गरिएको थियो । पक्राउ परेका तिनै पाटीका सबै नेता कार्यकर्ता ३ बजे रिहारी भएका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...