


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रा फुटबलको फाईनलमा श्री दुर्गाभवानी माध्यमिक विद्यालय गोदावरी नगरपालिका वडा नं.७ ले प्रथम स्थान जित्न सफल एको छ ।



फुटबल खेलमा दुर्गा भवानी माध्यमिक बिद्यालय हरैया र दुर्गा लक्ष्मी माध्यमिक विद्यालय अत्तरिया विच भएको थियो । खेलको पहिलो हाफको ११ मिनेटमा दुर्गा भवानी माध्यमिक विद्यालय की टिम क्याप्टेन मिना देउवाले पहिलो गोल गरी दुर्गा भवानीलाई अग्रता दिलाएकी थिईन ।


दोस्रो हाफको अन्तिम मिनेटमा दुर्गा लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा गंगा साउदले गोल फर्काएका थिईन र खेल बराबरी भएको थियो । खेल पेनाल्टी सुटमा घ गोल दुर्गा भवानी माध्यमिक विद्यालय हरैयाले हान्यो भने दुर्गा लक्ष्मी २ गोलमा सिमित रहेको थियो । खेल भैरव खेल मैदान खैरानामा भएको थियो ।
उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने श्री दुर्गा भवानी माध्यमिक विद्यालयका खेलाडी मिना देउवा, नन्दा चिराल, तृप्ति कापडी र सरस्वती रोका मगर रहेकी थिएन ।





