तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Purbadhar dadeldhura

काठमाडौं- देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ । तराईका थोरै भू-भागमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

Malpot office dadeldhura

प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार पनि प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम बदली भई थोरै ठाउँमा हिमपातको सम्भावना छ । शुक्रबार पहाडी भू-भागमा आंशिक बदली हुने देखिएको छ भने राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ ।

 

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...