तराईमा कुहिरो र हुस्सु, उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाडौं- आज पनि देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । तराईका धेरै भू(भागहरुमा हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Malpot office dadeldhura

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

add haru
Dadeldhura Aspatal & Ban
Loading...