अत्तरिया- कैलालीको अत्तरियामा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर केन्द्र नम्बर ७ मा आवद्ध रहेका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा बित्तीय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रधान कार्यालय महेन्द्रनगरमा अवस्थित रहेको छ ।