महाकाली नदीमा फसेका २० जनाको उद्धार

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा फसेका २० जनाको प्रहरीले उद्धार गरेको छ। सोमबार बिहान ११ बजेतिर महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टरमा २० जना फसेका थिए।

Bhancha ghar0

भारतीय पक्षले बनबासा पुलको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाब अचानक बढ्न गई नदीको बीचमा ८ जना ट्याक्टर चालकसहित गिट्टी बालुवा लोड गर्न गएका २० जना फसेका थिए।

ट्याक्टर डुबेपछि उनीहरु ट्याक्टरको माथी बसेका थिए। तत्कालै इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले बनबासा ब्यारेज पुलसँग समन्वय गरी पुलका ढोका बन्द गर्न लगाएको थियो।

सवा १२ बजेतिर जेसीबीको सहयोगमा ट्याक्टर र त्यहाँ फसेका २० जनालाई नदीबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.