सुदूरपश्चिममा थप ५२२ जनामा कोरोना पुस्टि, ८९३ जना निको, ३ जना संक्रमितको मृत्यु

अत्तरिया, १४ जेठ- पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार ४७ नमुना पीसीआर तथा ३ वटा सीमानाकामा ५५४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । यी दुवै विधिबाट गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण पुस्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८९३ जना संक्रमित निको भएका छन् भने सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका कैलालीका २ जना र कञ्चनपुरका १ जना गरी ३ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

Navadurga sun

त्यसैगरी सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५९ जनाको नमूना परीक्षण गर्दा १८८ जना, महाकाली अस्पतालमा ४३ नमूना परीक्षण गर्दा २० जना, डडेल्धुरा अस्पतालमा १९६ नमूना परीक्षण गर्दा ५५ जना, जिल्ला अस्पताल बैतडीमा ९६ नमूना परीक्षण गर्दा १८ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५३ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २० हजार ८४७ नमूना परीक्षण गर्दा ३८ हजार १८१ जनामा संक्रमण पुस्टि भएको छ । हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २१ हजार ८०६ जनाले कोरोना जितेका छन् भने, ४८० जनाको मृत्यु भएको छ । त्यसैगरी प्रदेशभर पछिल्लो २४ घण्टामा ८९३ जना संक्रमित निको भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...