कञ्चनपुरको बेदकोट नगरपालिकाले वडाका ज्येष्ठ नागरिकहरुबीच भलाकुसारी कार्यक्रम

कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिकाका सबै वडाका ज्येष्ठ नागरिकहरु बीच चौमासिक भलाकुसारी कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सबै वडाका ज्येष्ठ नागरिक सहभागी गरी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

Bhancha ghar0

कार्यक्रममा उनीहरुले आ-आफ्ना विभिन्न अनुभव सहित आफूहरुले पाउनु पर्ने सामाजिक सुरक्षा लगायतका विषयमा एक अर्कासित कुराकानी गरेका छन् ।

मेयर भोजराज बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा न्यायिक समितिका सदस्य सहित विभिन्न समितिका पदाधिकारीको सहभागी रहेको थियो ।

कार्यक्रममा मेयर बोहराले ज्येष्ठ नागरिकलाई सम्मान र सम्मानित जीवन यापनका लागि नगरपालिका सधैं प्रतिवद्ध रहेको बताए। बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले चौमासिक रुपमा कार्यक्रम आयोजना गर्दै आएको बताइन्।

Leave A Reply

Your email address will not be published.