सुदूरपश्चिममा एमालेका ३ मन्त्रीले राजीनामा दिए, शाहले लिए अर्थ मन्त्रीको शपथ

Dadeldhura hospital

धनगढी, १४ जेठ- सुदूरपश्चिम प्रदेश सरकारका ३ मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पदबाट राजीनामा दिएका हुन् ।
तर एमाले संसदीय दलका नेतासमेत रहेको प्रकाश शाह पुनः मन्त्रीमा दोहरीएका छन् । उनले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका हुन् ।

Loading...