कञ्चनपुरमा निषेधाज्ञा जेठ २२ सम्म थपियो

कञ्चनपुर, १४ जेठ— कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ २२ सम्म थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले निषेधाज्ञाको समयावधि पाँचौ पटक थपेको हो ।

Dadeldhura hospital

वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा चौथो पटक थप गरेर जेठ १५ सम्म कायम छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेकका सबै सवारी साधन र व्यापार व्यवसाय बन्द रहने छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

कोरोना संक्रमण वृद्धि भइरहेको भन्दै प्रशासनले गत सातादेखि सब्जीमण्डीसमेत बन्द गरिएको छ । खाद्यान्नलगायत अत्यावश्यक सेवाहरु पनि हप्तामा दुई दिन बिहान ३ घण्टामात्रै खुला गर्न पाइनेछ ।

Loading...