कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणबाट १ जना महिला घाइते भएकी छन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएका १ जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।




आरक्ष विस्थापित शिविरको ढक्का स्थित बुधबार दिउँसो खर काट्ने क्रममा बेलडाँडी टोल की ५० वर्षीया ललु सार्की घाइते भएकी हुन् । हात्तीले आक्रमण गरेर घाईते बनाएको घाइतेका श्रीमान् गिरी सार्कीले बताए ।


घाइतेको कञ्चनपुरको बेलौरी स्थित अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ । सार्कीले आरक्षपीडित परिवार रहेकोले उपचार खर्चका लागि याचना समेत गरेका छन् । घाइतेको भित्री शरीरमा बढी चोट लागेको देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले तीन दिनका लागि स्थानीयहरूलाई खर काट्न दिने व्यवस्था गरेको थियो ।

