सुदूरपश्चिममा ४८७ जनामा कोरोना पुस्टि, ५६९ जना निको, ९ जना संक्रमितको मृत्यु

धनगढी, १३ जेठ– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना पुस्टि भएको छ भने सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १ हजार ३२२ नमुना पीसीआर तथा ५ वटा सीमानाकामा ३७७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ४८७ जनामा संक्रमण पुस्टि भएको हो।

सुदूरपश्चिम प्रदेशका ७ वटै प्रयोगशाला अन्तरगत सेती प्रयोगशालामा ५३० जनाको नमूना परीक्षण गर्दा ११८ जना, महाकाली अस्पतालमा ५१ नमूना परीक्षण गर्दा १२ जना, डडेल्धुरा अस्पतालमा १२५ नमूना परीक्षण गर्दा २० जना, जिल्ला अस्पताल बैतडीमा ३८८ नमूना परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण पुस्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

Navadurga sun

त्यसैगरी डोटी अस्पतालमा ३६ नमूना परीक्षण गर्दा २७ जना, बझाङ्ग अस्पतालमा ९६ नमूना परीक्षण गर्दा ४३ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ९६ जनाको नमूना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमित निको भएका छन्। कैलालीका ४ जना, कञ्चनपुरका ४ जना र अछामका १ जना गरी ९ जनाको मृत्यु भएको छ। यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...